२४ बैशाख २०८१, सोमबार | May 6, 2024

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनमा सहमति, मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई



काठमाडौं । सत्तारुढ गठबन्धनले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने सझदारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुबीचको बैठकले मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १५ दिन हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार भएको छैन । तर, आजको बैठकमा गठबन्धनका नेताहरुबीच अब कुनै ढिलाई नगरी मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको छ ।

यस्तै बैठकमा गठबन्धन सरकारका साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ । यसैगरी नेताहरुले राजनीतिक नियुक्ति गर्दा मापदण्ड बनाएर अघि बढ्ने विषयमा समेत छलफल गरेको बताइएको छ । यसका लागि आजै पुनः आजै शीर्ष नेताहरुको बैठक बस्ने कांग्रेस नेता पूर्णबहादुर खड्काले बताए ।

बैठकमा उपस्थित एमालेको माधव नेपाल पक्षका प्रतिनिधि विजय पौडेलले आफुहरु सरकारमा सहभागी नहुने बताएका छन् । पौडेलले नेताहरुलाई आफ्नो पार्टीमा एकताको छलफल चलिरहेका बेला सरकारमा सहभागी हुन नसक्ने बताएका छन् । पौडेलले बैठकपछि भने, हामी सरकारमा सहभागी हुन मिल्दैन, तपाईंहरूले मन्त्रीमण्डल छिटो विस्तार गरेर फटाफट काम गर्नुस् ।’

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्दै पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी भएका थिए । यसैगरी यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सहभागी भएका थिए । राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र एमालेको माधव नेपाल समूहबाट विजय पौडेल पनि सहभागी थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ११ : ३१ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष