१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

कक्षा १२ को परीक्षा होम सेन्टरबाट



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा होम सेन्टरबाटै गराउने भएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्ष १२ कक्षाको परीक्षा होमसेन्टरबाट गर्न लागेको जनाएका हुन् ।

सदस्यसचिव अर्यालले कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण यस पटक पनि होम सेन्टरबाट परीक्षा लिन लागिएको बताए ।

भौतिक उपस्थितिमा परीक्षा लिँदा विद्यार्थीहरु एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने, यातायातको समस्या र कोठा पाउने समेत समस्या भएको उनले बताए । कोरोना जोखिम नहोस भन्नकै लागि होम सेन्टरको विकल्प चयन गरिएको अर्यालले बताए ।

कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष पनि कक्षा १२ लगायत सबै परीक्षा प्रभावित भएका थिए । १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म भएको थियो । त्यतिबेला परीक्षा बोर्डले सोही वर्षका लागि मात्र परीक्षा कार्यविधि परिवर्तन गरेर परीक्षा लिएको थियो ।

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : २३ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन