१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आफुहरु एमाले प्रवेश नगरेको भन्दै रायमाझी र भट्टसहित ४ पूर्व माओवादीहरु सर्वोच्चको ढोकामा



काठमाडौं । पूर्वसांसद टोपबहादुर रायमाझी र लेखराज भट्ट सहित चार जनाले आफुहरुले नेकपा माओवादी केन्द्र दल त्याग नगरेको जिकिर गरेका छन् । रायमाझी र भट्टसहित प्रभु साह र गौरीशंकर चौधरीले आफुहरुले दल त्याग नगरेको भन्दै प्रतिनिधिसभाको बाँकी कार्यकाल अवधिमा सदस्यकै रूपमा कामकाज गर्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन दर्ता गरेका छन् । उनीहरुले पूर्ववत माओवादी केन्द्रको संसदीय दलको सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनीहरू एमालेमा लागेको भन्दै माओवादी केन्द्रले दल त्याग गरेको कारण देखाएर उनीहरूको सांसद पद खोसेको थियो । पद खोसिएको चार महिनापछि सांसदकै रूपमा पुनर्बहालीको माग गर्दै उनीहरू सर्वोच्च पुगेका हुन् ।

उनीहरूले सर्वोच्चमा दिएको रिट निवेदनमा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, निर्वाचन आयोग, संसद् सचिवालय तथा प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाउँदै उत्प्रेषणयुक्त परमादेशको माग गरिएको छ।

एमाले नेता टोप बहादुर रायमाझीले सर्वोच्चमा पेश गरेको रिट निवेदनमा आफु एमालेमा औपचारिरुपमा प्रवेश नगरेको उल्लेख गरेका छन् । ‘केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा म औपचारिक रूपमा प्रवेश गरेको छैन । एमालेको पार्टीको सदस्यता लिएको छैन । म एमालेको केन्द्रीय कमिटीमा छैन । नेकपा माओवादी एकता केन्द्रको केन्द्रीय कमिटीमा रहेको छु,’ रायमाझीले निवेदनमा भनेका छन् ।

माओवादी केन्द्रले आफूहरुलाई स्पष्टीकरणको मौकासमेत नदिएको तर स्पष्टीकरणको नक्कली कागजात निर्वाचन आयोगमा बुझाएर पदबाट हटाउने निर्णय गरेको उनीहरूको दाबी छ । सर्वोच्चले उनीहरूको रिट बिहीबारका लागि पेसी ताकेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ३ : ४८ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना