२१ माघ २०८२, बुधबार | February 5, 2026

सचिव बैठकः मन्त्रालय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन



काठमाडौं । मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव बैठकमा बुधबार उनले यस्तो निर्देशन दिएका हुन् ।

वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न निर्णयसहित कार्यान्वयन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए । बैठकमा विगतमा निर्णय र कार्यान्वयनबारे व्यापक समीक्षा गरिएको पनि उनले जानकारी दिए ।

बैठकमा मुख्य सचिव वैरागीले सिंहदरबारभित्रका निकायमा साउन मसान्तभित्र बाहिरका निकाय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न विशेष निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन हुने राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजनालगायत प्राथमिकता प्राप्त आयोजनाको वार्षिक कार्यान्वयन कार्ययोजना समयमै तयार गरी कार्यान्वयन गर्न र गराउनसमेत उनले निर्देशन दिएका छन् ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन अवस्था र सरकारी तथ्यांक तथा डाटावेस सुरक्षा संवेदनशीलता विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रस्तुतिकरण गरिएको छ । समीक्षक्रममा सिंहदरबार प्रवेश थप व्यवस्थित बनाउने, विभिन्न मन्त्रालय तथा निकायको गत आर्थिक वर्षमा निर्धारित माइलस्टोन र क्रियाकलाप प्रगति स्थितिबारे पनि छलफल भएको छ ।

यसैबीच, सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिवका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले वरिष्ठ सहसचिवहरू हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा र राजकुमार श्रेष्ठको नाम सिफारिस गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : ३६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता