१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’



काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न पनि सुझाव दिएको छ । परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्नसमेत सरकारलाई निर्देशन दिइएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीलेले कोरोना संक्रमण ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिइएको बताइन् ।

राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमण जोखिम ख्याल गरेर यसपटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जनाए । बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिइसकेको छ ।

बोर्डले परीक्षा लिन सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ । कक्षा १२ मा झन्डै पौने ४ लाख विद्यार्थी छन् । गत जेठमा तय परीक्षा कोभिड संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : ३८ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले