७ आश्विन २०८३, बुधबार | September 23, 2026

सर्वोच्चको आज हुन सक्ने फैसलाले जोगिन सक्छ शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार



बुटवल । सर्वोच्च अदालतबाट आज हुन सक्ने एउटा निर्णयले लुम्बिनी प्रदेशमा शंकर पोखरेलको सरकार जोगिन सक्ने सम्भावना देखिएको छ । प्रदेशसभामा माओवादी केन्द्रका सभासद द्वय दधिराम न्यौपाने र विष्णु पन्थीको रिटमा उनीहरुलाई सर्वोच्चले पुनर्वाहाली गरिदिएको अवस्थामा फेरि एक पटक पोखरेल नेतृत्वको सरकारले प्राण पाउने सो सत्ता पक्षले सपना देख्न थालेको छ ।

उनीहरुले आफुलाई दल त्यागको रिट नपु¥याई पदमुक्त गरिएको भन्दै सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ आज हुँदै छ । सर्वोच्चले उनीहरुलाई पुनर्र्वाली गरिदिएको अवस्थामा लुम्बिनी प्रदेशसभामा सत्ताको अंक गणित नयाँ कोर्षमा विकास हुने आँकलन गरिएको छ । सर्वोच्चमा न्यौपाने र पन्थीले रिट हाल्नु र सरकारका प्रवक्ता बैजनाथ चौधरीले उपयुक्त समयमा विश्वासको मत लिने घोषणा गर्नुलाई विश्लेषकहरु अर्थपूर्णरुपमा हेरिरहेका छन् । उनीहरुको पुनर्वहाली हाल मन्त्रीपरिषदमा रहेका जसपाका ३ मन्त्रीहरु माथि जसपा केन्द्रको कारवाही तथा एकाएक जसपाकी सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिन हुनुलाई संयोग मात्र नभएको एक सांसदले बताएका छन् ।

सर्वोच्चले दुई सांसदलाई पुनर्वहाली गरिदिएमा र जसपाका ३ मन्त्रीहरुको सांसद पद रिक्त भएमा दुबै अवस्थालाई पोखरेलले आफु अनुकुल प्रयोग गर्न सक्ने अनुमान गरिएको छ । न्यौपाने र पन्थीको पुनर्वाहाली लगत्तै विश्वासको मत लिने र पुनर्वाली भएका २ जनालाई फ्लोर क्रस गराएर सरकारको मत सुरक्षित गराउने मुख्यमन्त्रीको पहिलो रणनीति हुने र त्यस अगाडि नै ३ मन्त्री पद मुक्त भएको अवस्थामा पुर्मती ढेंगाको मत सहित सरकार जोगाउने दोहोरो रणनीतिमा सरकारले योजना बनाउन सक्ने ती विश्लेषकको आँकलन छ ।

लुम्बिनी प्रदेशसभामा हाल ८३ सदस्य छन् । ३ जना मन्त्री जसपाको निर्णय अनुसार ३ मन्त्रीहरु पदमुक्त भएको अवस्थामा ८० सदस्य कायम रहने छ । सरकार बचाउन त्यस अवस्थामा ४१ मत आवश्यक पर्ने छ । हाल एमालेको एकल ३८ सदस्य, पुनर्वाहालीका भएका २ र पुर्मतीको एक मत सहित ४१ मतका साथ सरकार जोगिने सरकारको अपेक्षा रहेको छ भने विश्वासको मत लिनु अघि ३ मन्त्रीको सांसद कायम रहेको अवस्थामा पोखरेल सरकारलाई विश्वासको मत प्राप्त गर्न अझै सजिलो पर्ने देखिन्छ । त्यस अवस्थामा प्रदेशसभामा ८५ सांसद कायम रहने छ भने सरकार जोगाउन ४३ मत आवश्यक पर्ने छ । एमालेको ३८ पुनर्वाहाली भएका २ , बहालवाला मन्त्रीको ३ तथा पुर्मतीको मत सहित सरकारको पक्षमा ४४ मत प्राप्त हुने पनि आँकलन गरिएको छ ।

सवोच्चले अन्तरिम आदेश मार्फत न्यौपाने र पन्थीलाई पुनर्वाहाली नगरेको अवस्थामा भने लुम्बिनी प्रदेश सरकारबाट पोखरेल नेतृत्वको बहिर्गमन अनिवार्य जस्तै बन्ने छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ११ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई