२ कार्तिक २०८३, सोमबार | October 19, 2026

एशियाकै पहिलो सुरुङमार्गको पुनर्निर्माण सुरु



हेटौंडा । एशियाकै पहिलो सुरुङ मार्गको पुनर्निर्माण सुरु भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चन्द्र शम्शेरको पालामा १०४ वर्षअघि निर्माण भएको चुरियामाइ सुरुङमार्गको पुनर्निर्माणको शिलन्यास गरेका छन् ।

त्यसअवसरमा मुख्यमन्त्री पौडेलले पुर्खाले सुम्पेका धरोहरको सम्पदाको रूपमा संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताए । पौडेलले प्रदेश सरकार ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको बताए । उनले यस्ता सम्पदाको संरक्षणले यहाँको विकासको मूल फुटाउने उल्लेख गरे ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले शुरुआत गरेका विकास निर्माणका काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम निर्माणका क्रममा नै यस सुरुङ, चन्द्र ज्योति विद्युत्गृहलगायतका देशका शानहरुको संरक्षणका लागि कार्यक्रम बनाउन निर्देशन दिनुभएको उनले स्मरण गरे ।

एक सय चार वर्षअघि निर्माण भएर विसं २०२० सम्म सञ्चालनमा रहेको सुरुङमार्ग हाल भग्नावशेषका रूपमा रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  १२ : २८ बजे

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३

दसैंले गाउँबस्तीमा बढायो रौनक

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको