१७ आश्विन २०८०, बुधबार | October 4, 2023

बुटवलमा खुल्लेआम कुहिएको माछामासुको ब्यापार : कुहिएको माछामासु नष्ट, माछामासु बेच्नेलाई अनुगमन समितिबाट उन्मुक्ति



बुटवल । बुटवल उपमहानगर भित्र खुलेआम सडेको माछामासु बेच्ने गरेको रङ्गेहात फेला पारेपनि बजार अनुगमन टोलिले सडेको माछामासु बेच्ने व्यवसायीलाई सम्झाइबुझाई उन्मुक्ति दिएको छ । उपमहानगरपालिकाको बजार अनुगमन समितिले आज बुटवल उपमहानगरका माछामासु पसलको अनुगमनमा ८० किलो बढी सडेको माछामासु बेच्दै गरेको फेला पारेपनि बेच्नेहरुलाई चेतावनी मात्र दिएर छाडिएको हो । बुटवलको नेपालगन्ज रोड र भुड्की चोकका मासु पसलेहरुले खुल्लेआम सडेगलेको माछामासु बेच्दै गरेको समितिले फेला पारेका छ ।

अनुगमनका क्रममा बुटवलको नेपालगन्ज रोडमा रहेको सददाम मासु तथा माछा पसलबाट ३८ किलो कुहिएको माछा र अस्पताललाईन स्थीत भुडकी चोकमा रहेको ताहिर मासु तथा माछा पसलबाट २५ किलो खसी बोकाको सडेको टाउको फेला पारेको थियो । अनुगमन टोलीले बुटवलको अस्पताललाईन संगै ईटाभट्टी, क्षेत्रका मासु पसलहरुको अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिभिन्न मासु पसलहरुबाट सडे गलेका तथा अत्यन्त फोहर गरेर बिक्रि गर्न लागेको पाईपछि २० किलो जती माछा तथा मासु नष्ट गरेको छ । अनुगमन डोलिले फेला परेको ती मासुहरु बरामद गरेर नष्ट गरेपनि सर्वसाधारणको स्वास्थ्यलाई मजाक बनाउने माछामासु पसलेलेलाई भने अवदेखि त्यस्तो कार्य नगर्ने कागज गराएर उन्मुक्ति दिईएको छ ।

बुटवल उपमहानगर पालिकाका उप प्रमुख एवं बजार अनुगमन समितीका संयोजक गोमा देवी आचार्यको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण मन्च मासु ब्यवसायीका प्रतिनिधी सहितको टोलीले उपमहानगर क्षेत्रका मासू पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसी बोका भन्दै बाख्रीको मासु समेत बेच्द्यै गरेको अवस्थामा समितिले फेला पारेका थियो ।

अनुगमनका क्रममा मासु पसल ब्यवस्थीत नगरिएको अत्यन्त फोहर गरि सरसफाईको कुनै ब्यवस्था नगरिएको बासी र सडेको मासु खुल्ला राखेर बेचबिखन गरिएको पाईएको अनुगमन समितीका संयोजक आचार्यले बताईन । उनले अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछा मासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला पारिएको र त्यसलाई नष्ट गरिएको बताइन् ।

उपमहानगरका पशुपन्छी विकास शाखा प्रमुख पशु चिकित्सक झविन्द्र बञ्जाडेले विभिन्न छ वटा पसलबाट करिब ८० किलो बराबरको सडेको, अस्वस्थकर अवस्थाको माछा मासु नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिए । उनले ती पसललाई सुधार गर्न र उपभोक्तामैत्री बनाउन निर्देशन दिइएको बताए ।

बुटवल उपमहानगरमा अनुगमन हुने तर कारवाही नहुने प्रबृत्तिका कारण गलत काम गरेर नाफा आर्जन गर्नेहरुले प्रश्रय पाएको उपभोक्ताहरुको गुनासो छ । उपमहानगरले बजार अनुगमन कार्यबिधि बनाएर लागु गरेपनि त्यसको कार्यान्वयन फितलो भएका कारण कानुन विपरित काम गर्नेहरुलाई निरुत्साहित बनाउन नसकेको पाईएको छ ।

हाल बुटवल उपनगरपालिकाभित्र ५ सय खसिबोका, ३ हजार कुखुराको मासु दैनिक बिक्री हुदै आएको छ । नेपालमा प्रत्येक वर्ष १६ अर्ब बराबरको मासु आयात हुँदै आएको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  १ : ३८ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव