२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपालगन्जमा पसल फोडेर मोबाइल चोर्ने समुह पक्राउ, चोरी गर्नेमा १२ वर्षिय नाबालक पनि संलग्न



नेपालगन्ज । नेपालगन्जको बसपार्क स्थित ईलेक्ट्रोनिक्स पसलको सटर फोडेर पसलबाट ठुलो परिमाणमा मोबाईल चोर्ने समुहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । गत साउ ४ गते बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड माबाईल सप्लायर्सबाट ठुलो परिमाणमा मोबाईल र ईलेक्ट्रोनिक्स सामन चोर्ने समुहलाई बाँके प्रहरीले पक्राउ गरि आज सार्वजानिक गरेको छ ।

स्थानीय पूर्ण प्रसाद गौतमो सो पसलबाट सटर पोडेर १० लाख बढीको समान हराएपछि प्रहरीले चोर्ने समुहको खोजी गरिरहेको थियो । प्रहरीले चोरी गरेका केही सामान सहित १ जना नाबालक सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपालगन्ज ९ का २४ वर्षिय सुमित शर्मा, नेपालगन्ज १३ का १८ वर्षिय नानु खटिक र नेपालगन्ज १३ कै १२ वर्षिय नाबालक छन् ।

उनीहरुले साउन ४ गते मध्यराती सटर फोडेर पसलमा रहेका बिभिन्न कम्पनीका मोवाईल,घडी, उफर तथा विभिन्न वैंकहरुको चेक गरि १० लाख बराबरको सामानहरू चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट चोरीको बिभिन्न कम्पनीको मोवाईल ३६ थान जी सक कम्पनीका घडी थान ६ थान बरामद भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए ।

प्रहरीका अनुसार ३ जनाको समुहमा आएको तीनीहरुले फलामको रडले सटर पोडेर बोरामा सामान प्याक गरि चोरी गरेका थिए । नाबालकलाई सडकमा रेस्की गर्न लगाएर सामन चोरेका शर्मा र खटिकले चोरी भएको सामान बिक्रि भएपछि पैसा दिृँला भनि नाबालकलाई सहमत गराएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफ २४३ को उपदफा (३) बमोजिम ३ देखी ५ बर्ष कैद र ३० देखी २५ हजार सम्म जरिवाना दाबी गर्दै प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : ५३ बजे

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा