६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा रहेको साझा अस्पतालमा आइसियू सुविधा थप



बुटवल । बुटवलमा रहेको साझा अस्पतालले सेवा विस्तार गर्दै आइसियू सुविधा थप गरेको छ । अस्पताल स्थापनाको २ वर्षमै सेवा विस्तार गर्दै ४ बेडको आइसियू सुविधा र ५ बेडको एनआइसियू सुविधासहितको सेवा विस्तार गरेको हो ।

यो बिस्तारसंगै अस्पतालमा ९ वटा आइसियू सहितको सुविधा बिस्तार गरिएको अस्पतालका अध्यक्ष गोविन्द खनालले जानकारी दिए ।
बिहिबार अस्पतालमा आइसियू सेवाको उद्घाटन गर्दै अध्यक्ष खनालले भदाैंको पहिलो हप्ता भित्रै अस्पतालमा सुविधा सम्पन्न १० बेडको निशुल्क किड्नी डाइलाइसिस सुविधा समेत विस्तार गर्ने जानकारी दिए ।

६ करोड बढी लगानी रहेको अस्पतालले सरकारले निर्धारण गरेका मापदण्ड अनुसार बुटवल क्षेत्रमै सय बेडको सुविधासम्पन्न अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि बढाएको छ ।

बुटवल ८ मा अवस्थित यस अस्पतालमा न्यूरो सर्जरी, ट्रमा सेवा, अर्थो, ल्याप्रोसकोपी सर्जरी, न्यूरो सर्जन, बाल सर्जन, जेनरल सर्जन, पेडियार्टिक, प्रसुती सेवा तथा टेस्ट ट्युव वेवी लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको अस्पतालका मेडिकल सुपरिटेण्ट डा.लक्ष्मण शर्माले बताए ।

३ वर्ष भित्र भौतिक संरचना तयार पारी सेवा सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढिएको छ । सय बेडको अस्पताल निर्माण भएपछि यस क्षेत्रबाट स्तरीय र जटिल खालका उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरि कम्तिमा ४० करोड लागतमा १ सय वेडको सुविधा सम्पन्न अस्पताल वनाउने तयारीमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले आगामी तीन वर्षभित्र अस्पताल संचालनको मापदण्ड भौतिक पूर्वाधार तयार नगर्ने अस्पताललाई संचालनमा प्रतिवन्द्ध लगाउने नितीलाई परिपालना गदै सार्थक वनाउन १ सय बेडको अस्पताल बनाउने गरि तयारी गरेको अस्पताल प्रशासनले जनाएकोे छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : १२ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको