४ पुस २०८२, शुक्रबार | December 20, 2025

पछिल्लो २४ घण्टामा बुटवलका १६ जनासहित रुपन्देहीमा थपिए ३६ जना संक्रमित



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३६ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार जिल्लामा २४९ जनाको कोरोना परीक्षण गर्दा ३६ जना संक्रमित थपिएका हुन ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १६ जना संक्रमित थपिएका छन ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा २-२ जना र ओमसतिया गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३६३ पुगेको छ । हालसम्म जिल्लामा कुल २९ हजार १ सय ४६ जना संक्रमित पुगेका छन् । तीमध्ये ५१६ जनाको मृत्यु भएको छ भने २८ हजार ३ सय ३ जना निको भएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको