१७ माघ २०८२, शनिबार | January 31, 2026

गत अर्थिक वर्षमा फास्ट ट्रयाकको कार्यप्रगति ९७.३५ प्रतिशत



काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ ।

शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्यप्रगति स्थिति तथा चालु आ.व. ०७८/७९ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै सेनाले झण्डै लक्ष्य प्राप्ति भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आ.व. २०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको जानकारी दिए ।

पोखरेलले आ.व. ०७६/७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आ.व. ०७७/०७८ मा आयोजनाको कुल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भएको बताए । त्यस्तै आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको उनले बताए ।

सेनाका अनुसार आयोजनाको स्वीकृत डिपीआर अनुसार १७५ अर्व लागत अनुमान रहेकोमा आयोजनाको शुरुबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको छ । आयोजनाको हालसम्मको भौतिक प्रगति १६.१० रहेको छ ।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाई ५५.५ कि.मी. रहेको छ । यसमध्ये आयोजनाको ४४.१ कि.मि. सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरु हालसम्म ९० प्रतिशत सम्पन्न भएको रथी पोखरेलले बताए । आयोजनाको डिजाइन तथा कन्ट्रक्शन सुपरिभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता आयोजना अवधिभरका लागि छनौट भई विषय विज्ञहरुसहितको टोलीले फिल्ड सर्भे लगायतका कार्यहरु सुचारु गर्न विभिन्न ठेक्का प्याकेजको टेन्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको उनले जनाए । आयोजनामा पर्ने ३ सुरुङ मार्ग महादेवटार, धेद्रे र लेनडाँडाँ सुरुङ खण्डमा प्रोजेक्ट म्यानेजर, विषय विज्ञहरुको डिजाइन टिम लगायतका समुहले कार्य प्रारम्भ गरेको छ । पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ ।

पोखरेलले पहुँच मार्ग एवं बेलिबृज निर्माण कार्यपनि भइरहेको बताए । नेपाली सेनाले आयोजनाको आवश्यकता अनुरुप ५ हजार १ सय ७२ रोपनी जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित गरिएकोमा ४ हजार ७ सय ४५ रोपनी जग्गा प्राप्ति भएको र हालसम्म ४२७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ । खोकना बुङमति क्षेत्र समेतको स्थानीय विवादको कारण बाँकी जग्गा प्राप्तिमा बाधा परेकाले निर्माण कार्य समेत प्रभावित भएको नेपाली सेनाको भनाई छ ।

आयोजना स्थलमा १ हजार १३ वटा रुख कटान गरिएको रुख कटानको बदलामा चरणबद्ध रुपमा वृक्षारोपण कार्यपनि भइरहेको सेनाले जनाएको छ । चालु आ.व. ०७८/७९ को लागि ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ विनियोजन भई वार्षिक कार्यक्रम तय भएको छ । चालु आ.व.मा प्राथमिकताको आधारमा सडक तथा पुल खण्ड सम्बन्धी बाँकी प्याकेजहरुको ठेक्का व्यवस्थापन गरी काम गर्ने योजना रहेको छ ।

आयोजना आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । यसको निम्ति आवश्यक बजेटको सुनिश्चितता हुनुपर्ने नेपाली सेनाको भनाई छ । कोभिड १९ को कारण आयोजनाको काम प्रभावित भएको तथा खोकना–बुङमति क्षेत्रको स्थानीय विवादले आयोजना प्रभावित भएकाले समाधानको लागि केन्द्रीय तहबाट पहल गरिनुपर्ने सेनाले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ०७ बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई

घोषणापत्रमा ‘भिजन-१०’ समेट्दै कांग्रेस, सुशासन र कार्यान्वयन योग्य योजनामा जोड

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने चुनावी

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ