२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालसँगको विवाद आज वारपार



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए ।

नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छध्र कार्यक्रममा महासचिव पोखरेलले शनिबार बस्ने बैठकबाट यसबारे टुंगो लगाउने बताए ।

‘अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,” महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट पार्दै भने, भोलि बस्ने ‚’थायी कमिटीको बैठकबाट वारपार हुन्छ।” उनले एक छुट्टै प्रसंगमा नेता नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि स्वीकार्य नहुने बताएका थिए ।

एमालेको विधानले त्यस्तो व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले यसअघि विवाद समाधानका लागि बनेको कार्यदलबाट पारित १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि बताए ।

हामी २०७५ साल जेठ २ गतेअघि जाने कुरा गरिरहेका छौँ,” उनले भने, त्यसरी जाँदा विद्यमान विधान र नियमावलीमा के छ ? त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नुपर्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : २१ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ