१ पुस २०८२, मंगलबार | December 17, 2025

कोरोना कहर: धमाधम बन्द हुँदै सिनेमा हल



काठमाडौं । फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन्।

‘कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्रमा गतिविधि ठप्प भइरहेको अवस्थामा हल बन्द गरेर राख्नुको सट्टा भत्काएर व्यापारिक शैलीको नयाँ भवन बनाउनु उत्तम होला,’ उनले भने, ‘तत्काल पुरानो शैलीको सिद्धार्थ हल भत्काउने सम्झौता गरिसकेका छौं। साउनको अन्तिम साताबाट हल भत्काइनेछ।’

२०४९ सालमा बौद्धमा रहेको दुई रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको सिद्धार्थ हल चार सय सिट क्षमताको छ। अधिकांश नेपाली फिल्म रिलिज हुने यो हल राजधानीको पूर्वी भेगमा चर्चित रहेको छ। ‘कोरोना भाइरस महामारीपछि फिल्म हल सञ्चालनमा आउँदा फिल्मकर्मीले फिल्म रिलिज गर्न चाहेनन्,’ उनले भने, ‘जसका कारण बाध्य भएर धमाधम फिल्म हल बन्द गर्नुपरेको छ। तत्काल फिल्म हल खुल्ने छाँट नदेखिएपछि हल भत्काउनु उत्तमजस्तो लाग्यो।’ उनले सिद्धार्थ हलको जग्गालाई मासिक डेढ लाख भाडा तिरिरहेको बताए। डेढ दर्जन कर्मचारी रहेको सो हलको मासिक खर्च तीन लाख रुपैयाँ रहेको छ । सिद्धार्थ हल भत्काएपछि निर्माण हुने नयाँ भवनमा हल राख्ने वा नराख्नेबारे टुंगो लागिसकेको छैन।

सिद्धार्थ हल भत्काएलगत्तै राजधानीको कोटेश्वरमा रहेको पुष्पाञ्जली हलसमेत भत्काइने उनले बताए। उनले थपे, ‘अहिले हल बन्द गर्नुको विकल्प छैन । कोरोना भाइरस महामारीको जटिल अवस्था रह्यो भने ९० प्रतिशत पुराना हल सधैंका लागि बन्द हुन्छन्।’कोरोना भाइरसका कारण राजधानीका जय नेपाल, कुमारी, र गोपीकृष्णजस्ता हल पनि बन्द भएका छन्। क्युएफएक्सले घाटा बेहोर्न थालेपछि जय नेपाल र कुमारी हल सञ्चालन गरिएका थिए । याे समाचार आजको नागरिक दैनिकमा स्मृति ढुंगानाले लेखेकी छन ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : २५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष