७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कमला नदीको त्रास, बर्सेनि उठीबास



जनकपुरधाम । ‘बाढीले खेत बगाएर लान्छ । घर डुब्छ । चुरेबाट आएको पानीको भेलले छिनमै खेतलाई बगर बनाउँछ । यो त हाम्रो नियति नै बनेको छ ।,’ धनुषा र सिरहाको सिमाना छुट्ट्याउने कमला नदीको तटीय क्षेत्रका बाढीपीडित कमलदेव यादव आफ्नो पीडा सुनाउँछन् । यो उनी जस्तै यस क्षेत्रका दर्जनौं गाउँलेको पीडा हो ।

नेपाल-भारत सीमाक्षेत्रमा भारतले बनाएको तटबन्ध तथा सडकको संरचनाले धनुषा र सिरहाका तटीय क्षेत्रका बासिन्दाले बर्सेनि बाढी र डुबानको पीडा खेप्छन् । मनसुन सक्रिय भएसँगै भारतले जयनगरमा बनाएको तटबन्ध ढोका आफू अनुकूल खोल्दा र लगाउँदा धनुषा र सिरहाका हजारौं खेतीयोग्य जमिन र घर डुबानमा पर्छ । घरगोठ पानीमा डुब्छ, जनधनको क्षति हुन्छ ।

गत वर्षमा मात्र धनुषामा ६ जनाको मृत्यु भएको थियो । अझ रेल्वे र सडकको नाममा बाँधिएका बाँधका कारण प्रत्येक वर्ष बाढीको नियति भोग्न बाध्य हुने गरेको जनकनन्दनी गाउँपालिका १ का रत्नेश्वरलाल गोइतले बताए । उनले भने, ‘वर्षाको समयमा सीमावर्ती क्षेत्रका गाउँहरू डुबानमा पर्नु नौलो कुरा होइन । प्रायः प्रत्येक वर्ष कमला नदीको बाढी पसेर गाउँमा त्रास फैलन्छ । बाढीको उच्च बहावको निकास नहुँदा कमला तटीय क्षेत्रका गाउँका बासिन्दाले अग्लो ठाउँका स्कुल र सार्वजनिक भवनको सहारा लिनुपर्छ ।

‘सीमाक्षेत्र डुबानको प्रमुख कारण भारतीय पक्षले बनाएको बाँध हो, सबैलाई थाहा छ तर कसैले आवाज नउठाएका कारण बर्सेनि समस्या झेल्नु परेको छ,’ कमला नगरपालिका हथमुण्डाका कमल मण्डलले भने ‘उत्तरी चुरेबाट तीव्र बेगमा आउने प्राकृतिक पानीको बहाव रोक्न सीमामा एकतर्फी बाँधले सहज निकास हुन दिँदैन, तीव्र बेगको पानी सीमाको ठूलो बाँधमा ठोक्किने र माथि फर्किने कारण हामीलाई जहिल्यै पीडा भोग्नुपर्छ ।’

कमला नदीको पूर्वी तटमा रहेको सिरहाको बसपिरा, बरेरवा, सिरहा मखनाहा, महसोथा, रमौल, हथमुण्डा धनुषाको बरेरवा, सघारा, भलुवाही, टरिया, लगमा, माँची, लक्कड, मडान, सखुवालगायतका बस्तीहरू डुबानमा पर्दै नेकपाका स्थायी समिति सदस्य मातृका प्रसाद यादवको कथन छ । ‘बाढीपछि स्थानीय प्रशासनले राहत, उद्धार र अस्थायी पुनःस्थापनको व्यवस्था गर्छ, तर यो अवस्था कहिल्यै सम्म भन्ने प्रश्नको जवाफ कसैसंग छैन,’ यादवले भने ‘रातिको समयमा भारी वर्षा भयो की, उनीहरू सुत्न सक्दैनन, सुरक्षित स्थानमा पुग्न भागभाग हुन्छ,’ गत वर्ष असारको अन्तिम साता आएको बाढी सम्झिएर अहिले पनि स्थानीय झस्किन्छन् । सो समय करिब हजार घर भत्किए। ठूलो जनधनको क्षति भएको थियो ।

हजारौं नागरिक प्रभावित भए। तर, यस वर्ष क्षति न्यूनीकरणका लागि स्थानीय तहहरूसँग मिलेर विपद्को तयारी गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । उनले भने, ‘कमला जोखिम क्षेत्र कमला, जकनन्दनी, मुखियापट्टी मुहरनिया, सहिद सहितका स्थानीय तहको जोखिम क्षेत्र पहिचान गरी अलर्ट गरिएको छ, बाढी आउँदा खोजतलास, राहत, उद्धारको तयारी साथै रबरबोट, लाइफ ज्याकेट सहित पौडीबाज सुरक्षाकर्मी तयारी अवस्थामा राखेका छौं ।’

कमला नदीको चुरे क्षेत्रमा बतहा खोला, घुर्मी खोला, चारनाथ र कमलाको बहाव एक्कै ठाउँमा मिसिने हुँदा धनुषा, सिरहा तटीय क्षेत्र र भारतीय सिमा क्षेत्रका बासिन्दाहरूले प्रायः प्रत्येक वर्ष बाढीको मार खेप्नुपरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा गोविन्द महतोले लेखेका छन ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : ४९ बजे

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम