७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी सरकार अल्पमतमा रहेको दाबीसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई बुझाए ध्यानाकर्षण



बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी वर्तमान सरकार अल्पमतमा र अवैध रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालय पुगेर शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार अल्पमत र असंबैधानिक रहेको भन्दै ध्यानाकर्षण गराएका छन् । झण्डै ३८ जनाको संख्यामा सशरीर उपस्थित भएका विपक्षी गठबन्धनका सांसदहरुले सरकारले असंबैधानिक प्रणाली स्थापित गर्न खोजेको बताउँदै सरकारको गलत नियतबाट बच्न प्रदेश प्रमुखको ध्यानाकर्षण समेत गराएका छन् ।

विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष बुझाएको ध्यानाकर्षण पत्रमा प्रदेश प्रमुखबाट संवैधानिक र कानुनी मर्मअनुसार प्रक्रिया थाल्न आग्रह गर्दै वैशाख ६ मा अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिनुको साटो सरकारबाट राजीनामा दिएको, वैशाख २१ मा गैरकानुनी नियुक्ति भइ सरकार चलाएको समेत उल्लेख गरिएको छ । यस्तै आफूलाई संविधानको धारा १६८ को १ अनुसार सरकार बनाउन विमला खत्री वली, दीर्घनारायण पाण्डे र अम्मरबहादुर डाँगीको किर्ते हस्ताक्षर बुझाएको, असार ३१ मा जबरजस्त बजेट अधिवेशन अन्त्य गरी साउन १ मा अध्यादेशबाट बजेट ल्याएर एकपछि अर्को रुपमा संविधानलाई कमजोर बनाएको विपक्षीहरुले आरोप लगाएका छन् ।

प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने क्रममा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले मुख्यमन्त्रीलाई पटक९पटक संविधानअनुसार हिँड्न र सरकारको वैधानिकता पुष्टि गर्न आग्रह गरे पनि मुख्यमन्त्रीले बलमिचाईपूर्ण तरीकाले बेवास्ता गरेको बताए ।उनले विपक्षीको तर्फबाट सच्चिन आग्रह गर्दै गर्दा मुख्यमन्त्रीले एकपछि अर्को संविधान र कानुन मिच्ने काम गरिरहेको बताए । ‘अहिले त स्पष्ट अल्पमतमा रहनुहुन्छ । अब राजीनामा दिएर बाटो खोलिदिनुपर्छ ।’ उनले भने, -‘संविधानको रक्षा र विधिको शासनका लागि मुख्यमन्त्रीलाई सही बाटोमा ल्याउन प्रदेश प्रमुखले प्रक्रिया चाल्नु पर्छ ।’

ध्यानाकर्षणपत्र बुझ्दै प्रदेशप्रमुख अमिक शेरचनले पत्रबारे मुख्यमन्त्रीलाई जानकारी गराउने र संविधान र विधिअनुसार प्रदेश चलाउन आग्रह गर्ने नत्र प्रक्रिया थाल्ने आश्वासन दिए । उनले आफुले मुख्यमन्त्रीसँगै अवस्था बुझ्ने र भरसक सहज निकास खोल्न आग्रह गर्ने बताए । ‘प्रक्रिया थालेर भए पनि संविधान र विधिमा प्रदेश सरकार हिँडाउनु पर्ने छ ।’ उनले भने । विपक्षी गठबन्धनमा ४१ सदस्य दाबी गरिए पनि एमालेबाट माओवादी केन्द्र रोजेकी विमलाकुमारी खत्री वली सहित बर्दियाका सांसदहरु प्रदेश प्रमुख कार्यालयमा उपस्थित थिएनन् । बिहीबार साँझदेखि पार्टीको सम्पर्क बाहिर रहेकी दाङकी सांसद वली संसदीय दलको बैठक र पार्टीको पटक पटकको प्रयासमा पनि सम्पर्कमा आउन नसकेको माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीमगरले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई