८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेश न्यायाधिवक्ताबाट लुम्बिनी प्रदेशको वार्षिक प्रतिबेदन प्रदेशप्रमुख समक्ष पेश



बुटवल । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष ०७७–०७८ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेश गरेका छन् ।

बिहिबार प्रदेश प्रमुखको कार्यालयमा एक समारोहका बिच मुख्य नयायाधिवक्ता सुबेदीले वार्षिक प्रतिबेदन प्रदेश प्रमुख शेरचन समक्ष पेश गरेका हुन् ।

मुख्य न्यायाधिवक्ताले आफ्नो कार्यालयले सम्पादन गरेको कार्यको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था बमोजिम आर्थिक वर्ष ०७७–०७८ मा लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयमार्फत गरेका कार्यहरु प्रस्तुत गरिएको हो । प्रतिवेदनमा आर्थिक वर्ष ०७७–०७८ मा लुम्बिनी प्रदेशमा ७९ वटा मुद्धा परेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा अघिल्लो आवबाट सरि आएका ४१ वटा छन् भने आब ७७—७८ मा ३८ वटा मुद्धा परेको मुख्य न्यायाधिवक्ता सुवेदीले यल्लेख गरेका छन् । ती मध्ये ६२ मुद्दा बाँकी र १७ वटा फैसला भैसकेको प्रतिबेदनमा लेखिएको छ ।

सर्वोच्च अदालतमा ४०, तुलसीपुर उच्च अदालतमा ७ , तुलसीपुर उच्च अदालत बुटवल इजलासमा २३ वटा ,जिल्ला आदलत र नेपालगंज इजलास र प्रशासकिय अदालत काठमाडौंमा १—१ मुद्धा परेको छ ।लुम्बिनी प्रदेश सरकार र विभिन्न सरकारी निकायहरुमा सातवटा कानुनी सल्लाह उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। साथै प्रदेश सरकारबाट प्रस्तुत हुने विभिन्न विधेयकहरुमा कानुनी राय सल्लाह प्रेश गरिएको सुबेदीले बताए ।

लुम्बिनी प्रदेशमा रहेका स्थानीय निकायमा न्यायिक समितिलाई सबलीकरण गर्ने कार्यका साथै कारागार, बालसुधार गृहहरुमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। मुख्य न्यायाधिवक्ताले सम्पादन गर्ने कार्यमा न्युन श्रोत साधनका बाबजुद काम गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संविधानको धारा १६० मा प्रदेश मुख्य न्यायधिवक्ताको व्यवस्था गरिएको छ ।सो अबसरमा बोल्दै प्रदेश प्रम्ख अमिक शेरचनले सरकार तथा स्थानीय तहका बिरुद्ध मुद्धा मामिला पर्नु राम्रो काम नहुने बताउनुभयो ।

मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले सरकारका काम कारबाही संविधान बिरोधी भएको पुष्टि मुद्धाले नै गर्ने गरेको भन्दै यसलाइ न्युनिकरण गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ५ : ०७ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या