१० चैत्र २०८२, मंगलबार | March 24, 2026

माहाकालीको टुइन काटेको घटनामा एसएसबीको संलग्नता नभएको भारतीय पक्षको दाबी



कैलाली । महाकाली नदीमा भारतीय अर्धसैनिक बल एसएसबीले तुुइन काटेका कारण युुवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले एसएसबीको संलग्नता अस्विकार गरेको छ ।

शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले समाचारमा आएजस्तो सो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका छन् ।

घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षी पिथौरागढका जिल्ला अधिकारीले आनन्द स्वरुपलाई पठाएको पत्रको जवाफ दिंदै एसएसबीको संलग्नता नभएको दाबी गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । पत्रमा भारतीय पक्षले टुइन तर्न नसकेर आफै नेपाली युवक महाकालीमा खसेको बताईएको उनले बताए । उताबाट आएको लिखित पत्रमा बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ ।’ प्रजिअ जोशीले भने ।

पत्रमा भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको स्विकार गरेको प्रमुुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको भारतीय अधिकारीले बताएको जोशीले बताए । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेको समेत जानकारी दिए ।

शुुक्रबार बिहान भारतीय भूूमि हुँदै दार्चुलाको सदरमुुकाम खलंगा आउने क्रममा व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएका थिए । सो सम्बन्धमा बुझ्न स्थानीय प्रशासनले शुुक्रबार भारतीय जिला अधिकारीको कार्यालयलाई पत्राचार गर्दै घटनाको छानविन गरेर सहयोग गरिदिन पत्राचार गरेको थियो ।

जयसिंहलाई तुुइनमा राखेर आफुले नदी पार गराएको दाबी गर्ने स्थानीय कल्यानसिंह धामीले एसएसबीले रुखमा बाँधिएको डोरी निकालेपछि उनी नदीमा खसेको बताएपछि घटना राष्ट्रिय चासो बनेको थियो । शुुक्रबार बिहान नदीमा खसेका धामी अझै फेला परेका छैनन् ।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ४४ गण र राष्ट्रिय अनुुन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनाको छानविनका लागि शुुक्रबार गृह मन्त्रालयले समेत टोली गठन गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : १६ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११