१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँकेको ‘हराएको दश गाँउ’मा सशस्त्रको वीओपी स्थापना



नेपालगन्ज । नेपाली भुगोलमा रहेर पनि सदियौ देखि राज्यले नभेटेको बाँकेका १० गाँउ मध्यको एक गाँउमा सशस्त्र प्रहरी बल नेपालको पहिलो विओपी स्थापना भएको छ । नेपाली मिडीयाले नेपाली भुमिमा पर्ने भन्दै २०६७ साल बैशाखमा पत्ता लगाएको १० गाँउ मध्यको हाल राप्तीसोनारी गाउँपालिका – ४ मा पर्ने गुर्दनगौडीमा सशस्त्रको विओपी स्थापना भएको हो ।

विओपीको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले एक समारोहका बीच शनिबार उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष थारुले विओपी स्थापना पछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गर्ने बताए ।

खैरभट्टी, आम्बासा,गुर्दनगौडी,मुर्कटा, भंवरी, चुनभट्टी,आम्बासा, झुरुवा, वनवा र कुन्टेपानी गरि दश गाउँ २०६७ सालमा मात्र नेपाली राज्यको अभिनमा आएको थियो । त्य अघि भुगोल र सीमारेखामा नेपाली भुमिमा रहेपनि राज्य बेखबर बन्दा दश गाँउका बासिन्दाले नेपाली हुनुको अनुभुति पाउन सकेका थिएनन् । मिडीयाले गाँउको बारेमा रिपोर्ट प्रशारण गरेपछिमात्र ती गाउँहरुलाई तत्कालिन बैजापुर गाँउपालिका क्षेत्रमा पारेर राज्यले उपस्थती देखाउन थालिएको थियो ।

विओपी उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरीका एसपी बमले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले विभिन्न ठाउँमा विओपी स्थापना गर्दै जाने नीति बनाइएको बताउँदै आवश्यकताका आधारमा थप विओपी अझै थप हुन सक्ने जानकारी दिए ।

विओपी उद्घाटन कार्यक्रममा ३० नम्बर गणका प्रमुख एसपी अशोककुमार बम र ४२ नम्बर गणका प्रमुख एसपी प्रकाशकुमार सुवेदीको उपस्थिति थियो ।

बाँकेको दक्षिणी नाकामा पछिल्लो समय सशस्त्र प्रहरीले विओपी निर्माणलाई तिब्रता दिएको छ । भारततर्फ सीमामा खटिएको एसएसवीको अढाई किलोमिटरको फरकमा एउटा पोष्ट रहेपनि नेपालमा त्यति नजिक हुन नसक्दा सिमास्तम्भको सुरक्षा तथा सीमा क्षेत्रमा हुने अपराधिक घटना नियन्त्रण हुन सकेको छैन ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ११ : ०५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा