१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माओवादी स्थायी समिति बैठक : माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने प्रचण्डको ब्रिफिङ



काठमाडौं । नेकपा माओवादी केन्द्रले अब ढिलाई नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म माधव नेपाल पक्षलाई कुरेको भन्दै अब ढिला गर्न नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक हुनुअघि एमाले नेता नेपाललाई भेट गरेका थिए ।

त्यसपछि पार्टी बैठकमा प्रचण्डले नेपाल पक्ष सरकारमा आउने सम्भावना नरहेको बताएका छन् । प्रचण्डले पछिल्ला भेटघाट र राजनीतिक घटनाक्रमबारे सदस्यहरुलाई ब्रिफिङ गर्दै नेपाल पक्ष सरकारमा आउने सम्भावना नदेखिएका कारण अब मन्त्रालय बाँडफाँट र मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र उपेन्द्र यादवसँग छलफल गर्नुपर्ने बताए ।

माधव पक्ष सरकारमा आउने नआउने टुंगो नभएका कारण सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँट टुंग्याउन सकेको छैन । गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीले पनि सरकारमा कसलाई पठाउने भन्नेबारे कुनै टुंगो लगाइसकेको छैन ।

बैठकपछि संचारकर्मीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल पक्ष र जसपालाई पर्खिँदा मन्त्रिपरिषद् विस्तार हुन ढिला भएको बताएका छन् । प्रवक्ता श्रेष्ठले अब ढिला नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताए । मन्त्रिपरिषद् विस्तारबारे आजै अध्यक्ष प्रचण्डले प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले भारतीय सुरक्षाकर्मीले दार्चुलास्थित महाकाली नदीमा तुईन काटेर अमानवीय कार्य गरेको ठकर गरेको छ । तुइन काटिँदा वेपत्ता भएका नेपाली युवा जयसिंह धामीबारे सत्यतथ्य छानविन गर्न माओवादीले सरकारसँग माग गरेको छ ।

बैठकले साउन २० गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक साउन ३० गते सार्ने निर्णय गरेको छ । सो बैठकअघि ३० गतेभित्र वडास्तरसम्मका पार्टी समिति गठन गरेर त्यसको रिपोर्ट ल्याउन सबै केन्द्रीय सदस्यहरुलाई निर्देशन समेत दिइएको छ ।

माओवादी स्थायी समिति बैठक भोलि दिउँसो ३ बजे पुनः बस्ने भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : १८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान