२२ भदौ २०८३, सोमबार | September 7, 2026

बारबरा एडम्स पुरस्कारमा लुम्बिनी प्रदेशको वर्चश्व, प्रदेशबाट डा.नन्दु, डा.राजन र डा.प्रकाश सम्मानित



बुटवल। बारबरा फाउन्डेसन पुरस्कृत हुने चिकित्सकहरुमा लुम्बिनी प्रदेशको वर्चश्व कायम रहेको छ ।

कोभिड १९ विरुद्ध अग्रभागमा रहेर स्वास्थ्य सेवा दिने चिकित्सक सहित समाजका विभिन्न ब्यक्तिहरुलाई सम्मानित गर्ने क्रममा लुम्बिनी प्रदेशले पुरस्कारमा वर्चश्व कायम गरेको हो ।

कोभिड १९ विरुद्ध अहोरात्र खटिने लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दुप्रसाद पाठक, भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. राजन पाण्डे, भेरीकै मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापा बारबरा एडम्स पुरस्कारबाट सम्मानित भएका हुन् । पाठकसहित पाण्डे र थापा कोभिड-१९ विशिष्ट सम्मानबाट सम्मानित भएका हुन्।

देशभरका २० चिकित्सकसहित नर्सिङ स्टाफ र सहयोगी गरी १ सय जनालाई सम्मान गरिएको हो । शनिबार काठमाडौमा एक कार्यक्रमका बीच उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । तीनैजनाले नगद २ लाख ५५ हजार सहित सममान पत्र प्राप्त गरेका छन् ।

पुरस्कारको मुल्याकंन समितिमा डा. भगवान कोइराला, डा. लोसन कार्की र डा.सञ्जीव रुईत रहेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ३५ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा