१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माओवादी स्थायी समिति बैठक आज पनि : लगाउला त मन्त्रीको टुंगो !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा छलफल हुने बताइएको छ । आइतबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्ष सरकारमा सहभागी हुने सम्भावना नरहेका कारण अब मन्त्रालय बाँडफाँट र मन्त्रीहरुको तत्कालै टुंगो लगाउने विषयमा ब्रिफिङ गरेका थिए । सोही अनुसार प्रचण्डले हिजै प्रधानमन्त्री लगायत गठबन्धनका नेताहरुसँग छलफल गर्ने बताइएको थियो ।

मन्त्रिपरिषद् विस्तारमा अब ढिलाई गर्न नहुने निस्कर्ष निकालेको माओवादीले आजको बैठकमा आफ्नो दलको तर्फबाट सरकारमा पठाउने नेताहरुको बारेमा छलफल गर्ने भएको हो । माओवादीमा मन्त्री बन्नका लागि आकांक्षीहरु धेरै हुँदा कसलाई मन्त्री बनाउने भन्ने विषय पेचिलो बनेको छ । मन्त्री बन्नका लागि विभिन्न शक्तिकेन्द्र र निकट पार्टी कमिटीहरुको प्रयोग गर्दै नेताहरुले अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन् । यसको खुलासा केही दिन पहिले प्रचण्ड स्वयंले गरिसकेका छन् । यद्यपी, आइतबारको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्री छान्ने जिम्मा प्रचण्डले नपाएको बताएका थिए । श्रेष्ठले स्वयंले आफुले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय पाउनुपर्ने र भन्दै प्रचण्डलाई दबाब दिइरहेका छन् ।

गत असार २९ गते गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा अहिलेसम्म माओवादीका दुई र कांग्रेसका दुई जना मात्र मन्त्री रहेका छन् । बीचमा प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा आफु निकट उमेश श्रेष्ठलाई नियुक्त गराएका थिए । माओवादीबाट जनार्दन शर्माले अर्थ र पम्फा भुसालले उर्जा मन्त्रालय सम्हालिरहेका छन् । माओवादीले यी दुई सहित बढीमा सात मन्त्रायल मात्र पाउँदैछ ।

माओवादीको हिजोको बैठकले साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठकलाई साउन ३० गते सारेको थियो । सो समयसम्म देशभरका वडास्तरीय समितिको गठन पुनर्गठन गरी पार्टी केन्द्रमा रिपोर्ट बुझाउने निर्णय समेत बैठकले गरेको थियो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : ४३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान