२० असार २०८३, शनिबार | July 5, 2026

माओवादी स्थायी समिति बैठक आज पनि : लगाउला त मन्त्रीको टुंगो !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा छलफल हुने बताइएको छ । आइतबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्ष सरकारमा सहभागी हुने सम्भावना नरहेका कारण अब मन्त्रालय बाँडफाँट र मन्त्रीहरुको तत्कालै टुंगो लगाउने विषयमा ब्रिफिङ गरेका थिए । सोही अनुसार प्रचण्डले हिजै प्रधानमन्त्री लगायत गठबन्धनका नेताहरुसँग छलफल गर्ने बताइएको थियो ।

मन्त्रिपरिषद् विस्तारमा अब ढिलाई गर्न नहुने निस्कर्ष निकालेको माओवादीले आजको बैठकमा आफ्नो दलको तर्फबाट सरकारमा पठाउने नेताहरुको बारेमा छलफल गर्ने भएको हो । माओवादीमा मन्त्री बन्नका लागि आकांक्षीहरु धेरै हुँदा कसलाई मन्त्री बनाउने भन्ने विषय पेचिलो बनेको छ । मन्त्री बन्नका लागि विभिन्न शक्तिकेन्द्र र निकट पार्टी कमिटीहरुको प्रयोग गर्दै नेताहरुले अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन् । यसको खुलासा केही दिन पहिले प्रचण्ड स्वयंले गरिसकेका छन् । यद्यपी, आइतबारको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्री छान्ने जिम्मा प्रचण्डले नपाएको बताएका थिए । श्रेष्ठले स्वयंले आफुले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय पाउनुपर्ने र भन्दै प्रचण्डलाई दबाब दिइरहेका छन् ।

गत असार २९ गते गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा अहिलेसम्म माओवादीका दुई र कांग्रेसका दुई जना मात्र मन्त्री रहेका छन् । बीचमा प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा आफु निकट उमेश श्रेष्ठलाई नियुक्त गराएका थिए । माओवादीबाट जनार्दन शर्माले अर्थ र पम्फा भुसालले उर्जा मन्त्रालय सम्हालिरहेका छन् । माओवादीले यी दुई सहित बढीमा सात मन्त्रायल मात्र पाउँदैछ ।

माओवादीको हिजोको बैठकले साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठकलाई साउन ३० गते सारेको थियो । सो समयसम्म देशभरका वडास्तरीय समितिको गठन पुनर्गठन गरी पार्टी केन्द्रमा रिपोर्ट बुझाउने निर्णय समेत बैठकले गरेको थियो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : ४३ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी