१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सर्वोत्तम सिमेन्टको सेयर खरिदसम्बन्धमा चन्द्र ढकाललाई जोडिएकोमा एफएनसीसीआईको आपत्ति



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले सोमबार विज्ञप्तिमार्फत् सर्वोत्तम सिमेन्ट लिमिटडको प्रमोटर सेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो ।

नेपाल धितोपत्र बोर्डमा महासङ्घको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासङ्घले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मङ्सिर ३० मा बोर्डको प्रतिनिधि तोकेको हो ।

विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष ढकाल बोर्ड बैठकमा २०७७ माघ ११ गतेदेखि उपस्थित रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “उहाँसँग उहाँका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै सेयर कारोवार गरिएको हो ।”

ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रुपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मङ्सिर १४ मा गरिएको सेयर कारोवारकोे विषयलाई जोडेर अहिले गलत प्रचार भएको सो विज्ञप्तिमा उल्लेख छ ।

भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पु¥याउने हुँदा सत्यतथ्य बुझेर मात्र समाचार सार्वजनिक गर्न महासङ्घले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ०६ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको