९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिने



काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिई शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने कार्यदलका एक सदस्यले बताए ।

यसअघि सोमबार बिहान बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको थियो ।

सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका लागि सत्तारूढ दलले न्यूनतम कार्यक्रम बनाउन लागेको हो । यसका लागि कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल नै बनेको छ ।

कार्यदलको बैठक शनिबार पनि बसेको थियो । आइतबार कार्यदलका केही नेताबीच छलफल भई मस्यौदा तयार गरिएको छ ।

न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकताका क्षेत्र तय गरिनेछ । कार्यदलले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकताको क्षेत्र निर्धारण गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ३३ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री