बुटवल । शंकर पोखरेल नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार हटाउन प्रदेशका विपक्षी दलको गठबन्धनले तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
सोमबार मात्र प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८(२) अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न समाबेदन बुझाएका विपक्षी गठबन्धनले आज प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
विपक्षी गठबन्धको तर्फबाट मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारका विरुद्ध नेपाली काँग्रेसका संसदीय दलका नेता विरेन्द्र कनोडियासहितका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
विपक्षीहरुको अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयका सचिव दर्लभ कुमार पुन मार्फत सभामुख समक्ष पेश गरिएको छ । विपक्षीहरुले आजै प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेशसभाको विशेष अधिवेशनको आह्वान गर्न माग गर्दै अहिले साढे ४ बजे निवदेन पेश गर्दैछन ।
प्रतिक्रिया