९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

भूकम्पले भत्किएका तीन सय ७५ विद्यालय पुनर्निर्माण



मकवानपुर । भूकम्पले भत्किएका मकवानपुरमा चार सय नौ वटा सामुदायिक विद्यालयमध्ये तीन सय ७५ वटा विद्यालयको भवन पुनर्निर्माण भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौँडाका अनुसार गत आर्थिक वर्षमा जिल्लाभित्र कूल तीन सय ७५ विद्यालयको कूल एक हजार ६ सय ६५ कक्षाकोठा निर्माण सम्पन्न भएको हो ।

मकवानपुरका तत्कालीन अवस्थामा रहेको कूल ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका दुई हजार ३१० कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पु¥याएको थियो । तीनवटा मोडालिटीमा क्षति पुगेका विद्यालयको पुनर्निर्माण कार्य तीव्ररूपमा अगाडि बढाइरहेको हेटौँडास्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख बद्री पाठकले जानकारी दिए ।

पुनर्निर्माण सम्पन्न भएका विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने ३१३, सङ्घसंस्थाको सहजीकरणमा ३२ र जापान सरकारको ऋण सहयोग (जाइका) र एशियाली विकास बैंक (एडीबी)का तर्फबाट ३४ वटा छन् । विद्यालयमा कक्षाकोठाबाहेक १४९ विद्यालयमा शौचालय व्यवस्थापन र ८४ विद्यालयमा खानेपानी व्यवस्थापन सम्पन्न गरिएको छ ।

पहिलो मोडालिटीअनुसार विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने कूल विद्यालय भवनतर्फ ३१३ विद्यालय भवनको एक हजार २६ कक्षाकोठा, १४९ शौचालय र ८४ विद्यालय खानेपानी कार्यक्रम रहेको छ । सोमध्ये आव २०७३/७४ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा र २०७४/७५ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा निर्माण सम्पन्न भएका छन् ।

आव २०७५/७६ (प्रथम) मा ६५ विद्यालय भवनका २०० कक्षाकोठा, आव २०७५/७६ (दोस्रो)मा ५१ विद्यालय भवनका १५३ कक्षाकोठा तथा ७० शौचालय निर्माण भएको थियो । यस्तै २०७६/७७ मा ६१ विद्यालय भवनका २०५ कक्षाकोठा, ७९ शौचालय र ८४ खानेपानी व्यवस्थापन कार्यक्रम प्राप्त भएको थियो ।

उक्त कार्यक्रम आव २०७७/७८ मा निर्माण भएको कार्यालयले जनाएको छ । यस्तै आव २०७७/७८ का लागि थप आठ विद्यालय भवनका २८ कक्षाकोठा निर्माणका लागि कार्यक्रम थप भइआएको थियो ।

जाइका र एडीबीका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत ठेक्का सम्झौता भएका गरी कूल ५६ विद्यालयका ७०० कक्षाकोठा बोलपत्र प्रक्रियाबाट निर्माण हुने क्रममा रहेको छ ।

त्यस्तै सङ्घसंस्थाका तर्फबाट स्थायी प्रकृतिका जम्मा ३२ विद्यालयमा २२१ कक्षाकोठा निर्माण भएको थियो । एकाइका प्रमुख पाठकका अनुसार आव २०७७/७८ को असार मसान्तसम्म जिल्लामा तीनवटै मोडालिटीबाट कूल ४०९ विद्यालय भवनका एक हजार ९४७ कक्षाकोठा निर्माण कार्य अगाडि बढेकामा ३७५ विद्यालयका एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ९ : ०२ बजे

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक