३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

हितेन्द्रदेव शाक्यको चेतावनी – अयोग्यको आरोपमा हटाउन खोजे अदालत जान्छु



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उपयुक्त विकल्प दिए अन्त कुनै पनि ठाउँमा जान सक्ने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले आफसँग राजीनामा नमागिएको तर अन्यत्र गएर काम गर्न भनिएको स्पष्ट पारेका छन् ।

शाक्यले प्राधिकरणबाट अयोग्य भनेर निकाल्न खोजियो भने अदालतको सहारा लिने चेतावनी पनि दिएका छन् । दण्डित गरेर नभै आवश्यकता देखाएर अन्यत्र लैजानुपर्ने पनि उनले शर्त राखेका छन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जामन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणको कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई ल्याउने प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।

तर शाक्यले पत्रकार सम्मेलनमा भने, ‘मसँग कुनै राजीनामा मागिएको छैन, बरू अन्यत्र जानु भन्नेछ। मलाई सरकारले जे जिम्मेवारी दिन्छ एउटा कर्मचारीको हिसावले लिन तयार छु।’

शाक्यले आफ्नो कार्यकालमा प्रसारण लाइन जोड्न कामलाई तिब्रता दिएको बताए । उनले सोचेजति विद्युत चुहावट रोक्न भने नसकिएको स्वीकार गरे ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : ०३ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष