२२ माघ २०८२, बिहिबार | February 5, 2026

जसपा आधिकारिकता विवादमा ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताको निर्णय विरुद्ध विरुद्ध महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर सो निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

बुधबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले ठाकुरको रिट निवेदनको बुधबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको हो ।

तर, ठाकुरले विपक्षी बनाएका उपेन्द्र यादव र निर्वाचन आयोगलाई सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको छ । ठाकुरको माग अनुसार गर्नु नपर्ने हो भने कारण र आधार खुलाई बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेश गर्न दुवै विपक्षीलाई सर्वोच्चले भनेको छ । यस्तै जसपाको विवादसँग जोडिएका अन्य मुद्दालाई पनि सँगै राखेर पेश गर्न इजलासले आदेश दिएको छ ।

निर्वाचन आयोगले यही साउन ११ गते जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हेड काउन्ट गरेर हस्ताक्षर सनाखत गरेपछि उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो । आयोगको निर्णयले आफुहरुलाई अपुरणीय क्षति भएको भन्दै ठाकुरले वारेसमार्फत सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ५२ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका