६ श्रावण २०८३, बुधबार | July 22, 2026

हराएको मोटरसाइलको खोजिमा महानगरिय ट्राफिकको सक्रियता : धमाधम फेला पर्दै हराएका बाईक



काठमाडौं । महानगरिय ट्राफिक प्रहरीले हराएको मोटरसाइकल खोजेर सवारीधनीलाई बुझाउने क्रमलाई तिब्र बनाएको छ आज पनि ट्राफिक प्रहरीले काठमाडौं टोखा नगरपालिका धनेश्वौरबाट हराएको प्रदेश ३-०२-००२ प ४८०३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई विहिबार ट्राफिक प्रहरीले मोटरसाईकल सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका – ४ घर भई हाल काठमाण्डौ बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका – ६ घर भई हाल काठमाण्डौ तारकेश्वथर – ६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेका छन् ।

यी दुवैलाई ट्राफिक प्रहरीले काठमाण्डौ तारकेश्व्र – ६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्वर भएको मोटरसाईकलको वास्तविक नम्बर हराएर प्रहरीमा उजुरी परेको प्रदेश ३-०२-००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सुचना संकलन र निगरानी पश्चात नम्वर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमालिन सफल भएको उनले बताए ।

उक्त मोटरसाइकल यही श्रावण १३ गते टोखा नगरपालिका धनेश्वईरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका – ६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निबेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहितदुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त,महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ११ : २० बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय