१४ चैत्र २०८२, शनिबार | March 28, 2026

अन्तत: बार्सिलोनाबाट बाहिरिए लियोनल मेस्सी



एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन् । क्लबका अध्यक्ष जोन लार्पोतोले गएराति पत्रकार सम्मेलन गरि मेसीसँग भएको छलफल र सम्झौता हुन नसकेको विषयमा जानकारी गराएका थिए ।

बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको छ । मेसी अन्तराष्ट्रिय ड्यूटी र त्यसपछि परिवारसँग छुट्टी मनाएर केही दिन अघि मात्रै बार्सिलोना फर्किएका थिए ।

अघिल्लो सिजनको अन्त्यसँगै बार्सिलोनासंगको सम्झौता सकेका मेसीले नयाँ सम्झौताका लागि क्लबको नयाँ नेतृत्वसँग बार्ता गरेका थिए । सो क्रममा सहमतिमा पुग्न नसकेको र एउटा दुखद अन्त्यको घोषणा गर्नुपरेको बार्सिलोनाले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् । बार्सिलोनासँगको यात्रा टुङ्गिएसँगै मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) वा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको छ । पीएसजीले यसअघि नै मेसीलाई प्रस्ताव गरिसकेको छ । त्यहाँ उनका मन मिल्ने साथी नेयमार र एन्जल डि मारिया छन् ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ३४ बजे

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी