२६ बैशाख २०८१, बुधबार | May 8, 2024

माओवादी स्थायी समिति बैठक बस्दै, प्रचण्डलाई मन्त्री छान्नै सकस



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह चार बजेका लागि बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा गठबन्धन कार्यदलले तयार पारेको सरकार संचालसम्बन्धी प्रतिवेदन र मन्त्री छान्ने विषयम छलफल हुने बताइएको छ ।

यसअघि गठनबन्धनले सरकार संचालनको साझा न्यूनतम कार्यक्रम पारित गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

माओवादी भित्र मन्त्री बन्न चाहनेहरु आकांक्षी धेरै भएपछि अध्यक्ष प्रचण्डलाई सकस परेको छ । मन्त्री बन्नका लागि विभिन्न शक्तिकेन्द्र प्रयोग गर्दै दर्खास्त हाल्ने, दबाब दिने, धर्ना बस्ने लगायतका काम भएको भन्दै प्रचण्डले यसअघि सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

माओवादीकै जोडबलमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारको १ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा चारैतिरबाट आलोचना बढिरहेको छ । माधव नेपाल पक्ष सरकारमा आउने या नआउने अनिर्णित बन्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताइएको थियो । तर, यसअघि बसेको स्थायी समिति बैठकमा प्रचण्डले नेपाल पक्ष सरकारमा नआउने बताएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १२ : ३१ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक