२२ माघ २०८२, बिहिबार | February 5, 2026

भूमि आयोग खारेज विरुद्ध सर्वोच्चमा रिट, साउन २५ गते पेशी



काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता प्रवेश केसीले आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध रिट दर्ता गरेका हुन् । रिटको पेशी साउन २५ गते तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै रिट निवेदक केसीले सरकारको उक्त निर्णय बदर गर्न माग गरेका छन् । केसीले रिटमा संविधानको धारा ३५ र ३६ मा आवास र दलितसम्बन्धी मौलिक हक रहेको र ती हकको उद्देश्य प्राप्त नहुँदै आयोग विघटन गर्न नमिल्ने जिकिर गरेका छन् ।

यही साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारको पालामा स्थापित आयोग खारेजीको विरुद्ध नेकपा एमालेले विरोध गरेको थियो । बिहीबार मात्रै एमालेको युवा संगठन युवा संघ नेपालले आयोग खारेजी विरुद्ध सडक प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : १६ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद