१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एकताका नाममा पार्टी गतिबिधि नरोक्ने एमाले ओली पक्षको निर्णय, बैठकमा उपाध्यक्ष गौतमको फरक मत



काठमाडौं । नेकपा (एमाले) केपी पक्ष ओली पक्षको बैठक पार्टीलाई एकताबद्ध बनाउने नाममा लामो समय पार्टीका गतिविधि रोक्न नसकिने निष्कर्ष निकालेको छ । एमालेले आहाधिवेशन अगाडि गर्ने तयारी गरेको बिधान अधिवेशनको प्रस्तावहरुको विषयमा बसेको बैठकले एकताका नाममा लामो समय पार्टी गतिबिधि रोकेर बस्न नसकिने निष्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया ब्यक्त गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका नाममा कुनै गतिविधी नरोकिने बैठकले निर्णय गरेको जानकारी दिए । उनले पार्टी गतिविधि रोक्न आएका सुझाव पार्टीको हित बिपरित रहेको बताउँदै स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने स्पष्ट पारे । ‘सत्ता पक्ष आक्रामक रूपमा अघि बढेको छ, प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न सक्दैन ।’ ज्ञवालीले भने ।

उनले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसंग छलफल भएको बताए । विधान संशोधनको प्रस्ताव तयार भएपछि सवै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ ।

बैठकमा उपाध्यक्ष गौतमको फरक मत :

आजको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले तीन प्रस्ताव सहित फरक मतको दस्तावेज पेस गरेका छन् ।
शुक्रबार बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे फरकमत सहितको दस्तावेज पेश गरेका हुन् ।

उनले पार्टीको ढाँचा र राज्य संरचनाको नयाँ विकल्प पेश गरेका हुन् । पार्टी महाधिवेशन र राष्ट्रपति चयनको प्रक्रियामा नै उनले नयाँ विकल्प अघि सारेका छन् ।

छलफलका लागि उपाध्यक्ष गौतमले तीन नयाँ प्रस्ताव गरेका छन् । गौतमको तीन प्रस्तावमा पहिलो संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने उनको प्रस्ताव छ भने दोस्रो प्रस्तावमा पाटीृको तत्कालिन कार्यनितीमा पुँजीवादी जनवाद लागु गर्नुपर्ने कार्यक्रमका ठाउँमा बहुदलीय समाजवाद नेपाली जनताको समृद्धिको कार्यक्रम हुनु पर्ने रहेको छ । त्यस्तै तेस्रो फरक मतमा पार्टीमा गुटबन्दी सृजना गर्ने अभ्यासका रुपमा परिचित महाधिवेशन हलबाट पार्टीको पदाधिकारी चुन्ने प्रणालीका ठाउँमा केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने प्रणाली बनाउनु पर्ने प्रस्ताव छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ४३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान