१० बैशाख २०८३, बिहिबार | April 24, 2026

एकताका नाममा पार्टी गतिबिधि नरोक्ने एमाले ओली पक्षको निर्णय, बैठकमा उपाध्यक्ष गौतमको फरक मत



काठमाडौं । नेकपा (एमाले) केपी पक्ष ओली पक्षको बैठक पार्टीलाई एकताबद्ध बनाउने नाममा लामो समय पार्टीका गतिविधि रोक्न नसकिने निष्कर्ष निकालेको छ । एमालेले आहाधिवेशन अगाडि गर्ने तयारी गरेको बिधान अधिवेशनको प्रस्तावहरुको विषयमा बसेको बैठकले एकताका नाममा लामो समय पार्टी गतिबिधि रोकेर बस्न नसकिने निष्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया ब्यक्त गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका नाममा कुनै गतिविधी नरोकिने बैठकले निर्णय गरेको जानकारी दिए । उनले पार्टी गतिविधि रोक्न आएका सुझाव पार्टीको हित बिपरित रहेको बताउँदै स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने स्पष्ट पारे । ‘सत्ता पक्ष आक्रामक रूपमा अघि बढेको छ, प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न सक्दैन ।’ ज्ञवालीले भने ।

उनले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसंग छलफल भएको बताए । विधान संशोधनको प्रस्ताव तयार भएपछि सवै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ ।

बैठकमा उपाध्यक्ष गौतमको फरक मत :

आजको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले तीन प्रस्ताव सहित फरक मतको दस्तावेज पेस गरेका छन् ।
शुक्रबार बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे फरकमत सहितको दस्तावेज पेश गरेका हुन् ।

उनले पार्टीको ढाँचा र राज्य संरचनाको नयाँ विकल्प पेश गरेका हुन् । पार्टी महाधिवेशन र राष्ट्रपति चयनको प्रक्रियामा नै उनले नयाँ विकल्प अघि सारेका छन् ।

छलफलका लागि उपाध्यक्ष गौतमले तीन नयाँ प्रस्ताव गरेका छन् । गौतमको तीन प्रस्तावमा पहिलो संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने उनको प्रस्ताव छ भने दोस्रो प्रस्तावमा पाटीृको तत्कालिन कार्यनितीमा पुँजीवादी जनवाद लागु गर्नुपर्ने कार्यक्रमका ठाउँमा बहुदलीय समाजवाद नेपाली जनताको समृद्धिको कार्यक्रम हुनु पर्ने रहेको छ । त्यस्तै तेस्रो फरक मतमा पार्टीमा गुटबन्दी सृजना गर्ने अभ्यासका रुपमा परिचित महाधिवेशन हलबाट पार्टीको पदाधिकारी चुन्ने प्रणालीका ठाउँमा केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने प्रणाली बनाउनु पर्ने प्रस्ताव छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ४३ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना