२० असार २०८३, शनिबार | July 4, 2026

माओवादीले आज पनि सरकारमा पठाउने नेताहरु छनौट गर्न सकेन



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले आज पनि मन्त्रिपरिषदमा पठाउने नेताहरको नाम बारे निणय गर्न सकेन । मन्त्रिपरिषदमा पठाउने नेताहरुको टुङ्गो लगाउन बस्ने भनिएको बैठक अन्य ३ विषयमा छलफल गरेर सकिएको बैठकमा सहभागी एक नेताले बताए।

शुक्रबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको ‘साझा न्युनतम कार्यक्रम’, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न माग गर्ने र लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीको अपहरणबारे विरोध जनाउने निर्णय गरिएको मओवादी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सत्ता गठबन्धनको कार्यदलले आजै बालुवाटारमा आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको थियो ।

बैठकले तत्काल गठबन्धनको तर्फबाट तयार गरिएको साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गर्दै कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद दिएको प्रवक्ता श्रेष्ठले बताए ।

आजको बैठकमा माओवादीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका बारेमा निर्णय गर्ने भनिएपनि त्यस सम्बन्धमा छलफल नै नभएको श्रेष्ठले दाबी गरे । माओवादी भित्र मन्त्री बन्ने चाहाना राख्ने र मन्त्री पदको दाबी गर्नेको संख्या धेरै भएपछि शिर्ष नेताहरुलाई नामलाई अन्तिमरुप दिन सकस परेको छ । तर प्रवक्ता श्रेष्ठले भने हालसम्म मन्त्रालयको संख्या र मन्त्रालयको भागबण्डाबारे गठबन्धनमा सहमति जुटिनसकेको कारण पार्टीले कस्लाई पठाउने भन्ने विषयमा छलफल गर्न हतार नगरेको बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : ३८ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि