१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बांड्यो बुटवलमा निःशुल्क मास्क



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा निःशुल्क मास्क वितरण गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट जोगिने उपाय सिकाउंदै सजग बनाउन बुटवलको चांदबारी चोकबाट मास्क बितरण अभियान चलाइएको हो ।

करिब ७ सय जनालाई १ हजार पिस मास्क बितरण गरिएको समाज रुपन्देहीका सभापति डीपी खनालले जानकारी दिए । मास्क वितरण गरेपनि मुख्य अभियान भनेको कोरोनाबाट जोगिने उपायको बारेमा जानकारी गराउनु नै भएको खनालले बताए ।

कोरोना भाइरसविरुद्धको सचेतनाका लागि सचेतनमुलक सन्देश सहि कार्यक्रम गरिएको समाजका रुपन्देही सचिव कपिल ज्ञवालीले बताए । सडकमा हिडेका पैदल यात्री,रिक्सा,साइकल तथा अन्य सवारी साधनमा भेटिएका मानिसहरु मध्ये ४० प्रतिशतले मास्क प्रयोग नगरेको पाइएको उनले बताए ।

सो अबसरमा अभियान्ता रिता केसीले सबैले मास्कको प्रयोग गरेर आफु र अरुलाइ पनि बचाउन आग्रह गरिन । निशुल्क मास्क पाउंदा सर्वसाधारण खुसी भएका थिए ।

सो अभियानमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका पदाधिकारी,सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : १७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्