४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रसङ्घीय सुरक्षा परिषद्द्वारा पाकिस्तानमा भएको हिंसाको निन्दा



संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ ।

परिषद्ले एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतङ्कवादी हमला भएको बताएको छ ।

पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा सो आतङ्ककारी हमला भएको थियो । त्यस आक्रमणमा परेर नौ जना चिनियाँ नागरिक र तीन जना पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।

गएको जुलाई १४ मा भएको सो आतङ्ककारी हमला मानवता विरुद्धको अपराध भएको भन्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले त्यस हिंसात्मक हमलामा संलग्न भएका जो सुकैलाई भएपनि कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद््द्वारा जारी भएको विज्ञप्तिमा दोषीलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने मागगर्दै यस्ता हिंसात्मक कार्यले कसैको पनि माग पूरा नहुने बताइएको छ ।

विज्ञप्तिमा सो हमलामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्ति गरिएको छ र उनीहरुका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको