१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमाले कन्द्रीय कमिटी बैठक एक दिन पछि सर्‍यो



काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गरेर एमताको पक्षमा उभिन आह्वान गरेसँगै एमाले अध्यक्ष केपी ओलीले आईतबारका लागि बोलाईएका केन्द्रीय कमिटीको बैठक १ दि पछि सारेका छन् । वरिष्ठ नेता नेपालले बैठक स्थगित गर्न र सदस्यता वितरण तथा वडा तहसम्मका अधिवेशनहरु स्थगन गर्न माग गरेका थिए । उनले २४ गते सम्म बैठक स्थगित गरेर एकताको आधार तयार नगरे अप्रिय निर्णय हुन सक्ने चेतावनी दिएसँगै एमाले अध्यक्ष ओलीले बैठक पछि सारेका हुन् ।

नेपाल पक्षको बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिसम्मको अल्टिमेटम दिँदै एमाले मिलाउन ओलीले निर्णायक कदम चाल्नुपर्ने बताएको थियो।

नेपाल पक्षको अल्टिमेटमबीच एमालेको बैठक २५ गते सोमबार दिउँसो ३ बजेसम्मलाई सारिएको छ । नेपाल पक्षले एकताको आधार बनाउन बैठक स्थगित गर्न माग गरेपनि एमालेको ओली पक्षले भने पार्टीको विधान मस्यौदा समितिले विधान संसोधनसम्बन्धी काम नसकेकाले बैठक सारिएको बताएको छ।

एमादेका एक स्थायी कमिटी सदस्यका अनुसार सोमबार ११ बजे स्थायी कमिटी बैठकमा विधान संशोधनबारे छलफल गर्ने र त्यसलाई अन्तिमरुप दिएर दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठकमा उक्त विधान मस्यौदा प्रस्तुत गर्ने एमालेको तयारी छ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : ०३ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।