१ पुस २०८२, मंगलबार | December 16, 2025

भदौ ५ सम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोक्ने भएको छ ।

आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाएका छन ।

त्रिविले सञ्चालन गरिरहेको वार्षिक परीक्षाहरु साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ । परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न पनि निर्देशन दिईएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कक्षा १२ को परीक्षा स्थगित गरिएको छ भने अन्य परीक्षाहरु पनि रोक्नुपर्ने बताउँदै आईएको थियो ।

यद्यपी, भदौ ५ पछि कोरोना संक्रमण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षा के गर्ने भन्नेबारे पछि नै बैठक गरेर निर्णय गर्ने त्रिविले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ०२ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच