११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

रुपन्देहीमा निजी सवारी साधनमा काठ तस्करी



बुटवल । रुपन्देही प्रहरीले एक निजी सवारी साधनबाट ८ लाख बढी मुल्य पर्ने काठ बरामद गरेको छ । सैनामैना क्षेत्रको जङ्लबाट सालको रुख काटेर बिक्रि वितरणको तयारी अवस्थामा प्रहरीले काठ लोड गरिएको निजी सवारी साधन सहित काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार अबैध रुपमा सालका काठ काटी चोरी निकाशी हुँदै गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० मा चेकजाँच गर्ने क्रममा ९ गोलिया काठ ९५२।६५ क्यू फिट सालको गोलिया बरामद गरेको छ । काठ सहित लु २ च ४१३३ नम्बरको छोटाहात्ती सहित देवदह नगरपालिका १० बस्ने ३१ वर्षिय नवराज पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद भएको काठको ८लाख ४२ हजार ४०० रुपैयाँ पर्ने प्रहरीले अनुमान गरेको छ ।

बरामद गरिएको काठ, काठ लोड गरिएको गाडी तथा गाडी चालक पोखरेललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको बन कार्यालय बसन्तपुर रुपन्देही पठाईएको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ०३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि