१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ ।

एमालेमा एकताको प्रयासका लागि भन्दै आइतबार बोलाइएको केन्द्रीय कमिटी बैठक आजलाई सारिएको थियो ।

ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बिहान बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा पार्टीको विधान संशोधन, विधान अधिवेशनको तयारी, पार्टी एकतालगायतका विषयमा छलफल हुने उनले बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग सहमति गर्ने प्रयास स्वरुप आइतबारको बैठक सारिएको थियो । आइतबार अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका केही नेताबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ३६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान