२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पूर्वगोर्खा सैनिकले थाले आमरण अनशन



लन्डन । समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशनमा रहेका पूर्वगोर्खाले अन्ततः आमरण अनशन थालेका छन ।

विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपरेको आमरण अनशनरत एक सदस्य ज्ञानराज राईले बताए ।

नेपाल सरकारले शनिबार गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राईलाई पत्र लेखी बेलायत सरकारसँग कूटनीतिक तवरबाट संवाद थाली समस्या समाधान गर्ने कुराको अवगत गराउँदै भोक हडताल रोक्न अनुरोध गरेको थियो, तर उक्त कुरालाई आन्दोलनरत समूहले अस्वीकार गरेको छ ।

बेलायत सरकारले वार्ताका लागि मिति तोकेर आधिकारिक पत्र नपठाएसम्म भोक हडताल कायम नै रहने सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक राईले बताए । भोक हडतालमा पूर्वसैनिक ज्ञानराज, पुष्पा घले र धनबहादुर गुरुङ बसेका छन ।

बेलायतका विभिन्न नेपाली संस्था र बेलायती नागरिकले समेत आफ्ना कार्यक्रमको पक्षमा ऐक्यबद्धता देखाएको संयोजक राईले बताए । गत हप्ता रिले अनशन चलिरहेकै बेला पूर्वगोर्खाको हकहितका लागि खोलिएका नेपाली सङ्घसंस्थाका प्रतिनिधिले लन्डनस्थित नेपाली राजदूतावास पुगी राजदूत लोकदर्शन रेग्मीलाई भेटेर अनशनबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ४३ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको