२२ भदौ २०८३, सोमबार | September 7, 2026

जसपा लुम्बिनीका ३ सांसदको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट निस्काशित लुम्बिनी प्रदेशका ३ सांसदको पद थमौतीका लागि उनीहरुको पक्षमा अन्तरिम आदेशदिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

जसपाले पार्टीको अनुशासन र ह्वीप उल्लंघन गरेको अभियोगमा सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी सांसदपदबाट हटाउने निर्णय गरेको थियो । जसपाले लुम्बिनी प्रदेशसभालाई कारवाहीका लागि पत्राचार गरेपछि प्रदेशसभाले ती सांसदको पद खारेज गरेको थियो । त्यस विरुद्ध उनीहरुले सर्वोच्च अदातलमा रिट दायर गरेका थिए । अदालतमा पहिलेनै दायर मुद्दाको प्रक्रिया चलिरहेको बेलामा आफुहरुलाई पुनः हटाएको भन्दै तीन जना सांसदहरु सर्वोच्चमा पुगेका थिए ।

तर न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि दुवै पक्षलाई भदौ ८ गतेलाई बोलाएको छ । इजलासले सांसदलाई पदमुक्त गर्नुको कारण पेश गर्न प्रदेशसभा सचिवालय र जसपाको नाममा कारण देखाऊ आदेश दिएको छ ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएलगत्तै बसेको कार्यकारिणी समिति बैठकले ती सांसदहरुलाई त्यसअघि सोधिएएको स्पष्टीकरणको आधारमा कारवाही गरेको थियो ।

गत बैशाखमा पनि जसपा कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठकले ती सांसदलाई कारवाही गरेको थियो । सोही आधारमा प्रदेशसभाबाट उनीहरु बर्खास्त भएका थिए । तर त्यतिबेला सर्वोच्चले उनीहरुको पद थमौति गरिदिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : ४४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा