२३ बैशाख २०८१, आइतबार | May 6, 2024

जसपा लुम्बिनीका ३ सांसदको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट निस्काशित लुम्बिनी प्रदेशका ३ सांसदको पद थमौतीका लागि उनीहरुको पक्षमा अन्तरिम आदेशदिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

जसपाले पार्टीको अनुशासन र ह्वीप उल्लंघन गरेको अभियोगमा सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी सांसदपदबाट हटाउने निर्णय गरेको थियो । जसपाले लुम्बिनी प्रदेशसभालाई कारवाहीका लागि पत्राचार गरेपछि प्रदेशसभाले ती सांसदको पद खारेज गरेको थियो । त्यस विरुद्ध उनीहरुले सर्वोच्च अदातलमा रिट दायर गरेका थिए । अदालतमा पहिलेनै दायर मुद्दाको प्रक्रिया चलिरहेको बेलामा आफुहरुलाई पुनः हटाएको भन्दै तीन जना सांसदहरु सर्वोच्चमा पुगेका थिए ।

तर न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि दुवै पक्षलाई भदौ ८ गतेलाई बोलाएको छ । इजलासले सांसदलाई पदमुक्त गर्नुको कारण पेश गर्न प्रदेशसभा सचिवालय र जसपाको नाममा कारण देखाऊ आदेश दिएको छ ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएलगत्तै बसेको कार्यकारिणी समिति बैठकले ती सांसदहरुलाई त्यसअघि सोधिएएको स्पष्टीकरणको आधारमा कारवाही गरेको थियो ।

गत बैशाखमा पनि जसपा कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठकले ती सांसदलाई कारवाही गरेको थियो । सोही आधारमा प्रदेशसभाबाट उनीहरु बर्खास्त भएका थिए । तर त्यतिबेला सर्वोच्चले उनीहरुको पद थमौति गरिदिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : ४४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa