३० चैत्र २०८२, सोमबार | April 13, 2026

काठमाडौं उपत्यकामा चोक र खुल्ला स्थानमा भेला पनि हुन नपाईने



काठमाडौं । कोरोना संक्रमणको दर हरेक दिन बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले भदौ ८ गते सम्म निषेधाज्ञाको अवधि थप गर्दै निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गर्ने निर्णय गरेको हो ।

निधेषाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्‍जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्‍चालन गर्न÷गराउन पूर्णरुपमा प्रतिबन्ध लगाउने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेको थियो । यस अघि निषेधाज्ञामा उल्लेखित कार्यहरु निषेध गरिएपनि स्थानीय प्रशासनले कडाई गरेको थिएन ।

तीनजना प्रमुख जिल्ला अधिकारीहरुको बैठक पछि तीनै जिल्ला प्रशासन कार्यालयबाट थप भएको निषेधाज्ञाको अवधिमा चोक÷खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न÷गराउन नपाउने आदेशमा उल्लेख छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : ५० बजे

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक