१ पुस २०८२, मंगलबार | December 17, 2025

रिसोर्ट सर्दै रमाइलो गर्दै लुम्बिनी प्रदेशका विपक्षी सांसदहरु



बुटवल । सत्तारुढ दलबाट चोरिन सक्ने डरले सोमबारबाट कपिलवस्तुको राजापानी रिसार्टमा राखिएका लुम्बिनी प्रदेशमा विपक्षीदलका सांसदहरुलाई आज लुम्बिनी स्थित लुम्बिनी गार्डेन रिसोर्टमा सारिएको छ । आवश्यक रणनिती बनाउन भन्दै कपिलवस्तुको रिसोर्टमा राखिएका सांसदहरुलाई लुम्बिनीको समेत भ्रमण गराउने गरि लुम्बिनीमा सारिएको हो ।

विपक्षी गठबन्धनका ३४ सांसदको समावदेशनका आधारमा बुधबार दिंउसोबाट प्रारम्भ हुने प्रदेशसभाको विशेष अधिवेशनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध पेश भएको अविश्वासको प्रस्तावको किनारा नलाग्दा सम्म सांसदहरुले रिसोर्टमा बस्ने व्यवस्था मिलाईएको छ । प्रदेशसभामा एक तिहाई बढी सांसदहरुको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार १ बजेका लागि प्रदेशसभाको विशोष अधिवेशन आह्वान गरेका छन् ।

विपक्षीहरुले संसद सचिवालयमा दर्ता गराएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव उपर प्रदेशसभामा छलफल हुने छ । प्रदेशसभामा बैशाख देखि अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले बिभिन्न बहानमा सरकार टिकाएर राखेका छन् । सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीसँग ४१ मत रहेको विपक्षीहरुले दाबी गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले अन्तिम अस्त्रकारुपमा सर्वोच्च अदालतमा आफ्नै पार्टीका सांसद लिला गिरीको तर्फबाट रिट दायर गराएर संसद अधिवेशन स्थगित गराउने प्रयास थालेपनि आज सो रिट हेर्न नभ्याउनेमा परेको छ । बुधबारको बैठकमा टेवल भई बुधबार नै मतदान गराउने रणनितीमा विपक्षी गठबन्धन रहेको छ भने बुधबार बिहानका लागि सत्तारुढ एमालेले संसदीय दलको बैठक डाकेको छ । काेराेना संक्रमणले च्याप्दै गएकाे अवस्थामा सत्ताकाे खेल लम्ब्याउन नहुने कांग्रेस प्रमुख सचेतक फकरुद्दीन खानले बताए । उनले बुधबार नै अविश्वासकाे प्रस्तावकाे छिनाेफानाे गरिने जानकारी दिए ।

सत्तापक्षले पटक पटक विपक्षी सांसदहरुलाई बिभिन्न आश्वासन दिएर फकाउन खोजेको विपक्षीको आरोप छ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनमा २ जना सांसदहरु रहश्यमयरुपमा केहि समय सम्पर्क बिहिन भएकोमा विपक्षीले सत्ता पक्षको षडयन्त्र भएको बताएका छ । विपक्षी गठबन्धकी सांसद विमला खत्री वलीले सत्रापक्षका प्रमुख सचेतकबाट आफु अपहरणमा परेको र मुख्यमन्त्रीले बन्धक बनाएको आरोप समेत लगाएकी छिन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ४३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष