२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाल्पा प्रहरीबाट बाघ(चितुवा)को छाला सहित २ जना पक्राउ



तानसेन । पाल्पा प्रहरीले बाघ(चितुवा)को छाला सहित २ जनालाई पक्राउ गरेको छ । पाल्पा रिब्दीकोट गाँउपालिका ५ कसुमखालाबाट २ जनालाई बाघ(चितुवा)को छाला सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आज मध्यान्ह २ः३० बजेको समयमा पाल्पा रिब्दीकोट ५ कुसुमखोला देउराली भन्ने स्थानमा बाघ(चितुवा)को छालाको कारोबार भईरहेको भन्न्े सुचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुह र प्रहरी चौकी हार्थोक पाल्पाको सयुक्त टोलीले चेकजाँच गर्दा मुझुङ बतासेबाट तानसेन तर्फ आउदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा पाल्पा तर्फ आउँदै गरेका पाल्पा रिब्दीकोट ७ बस्ने बस्ने ४२ वर्षिय बिष्णु बहादुर खत्री र ४० वर्षिय रविल मियाँको साथबाट सो बाघको छाला फेला परेको हो ।

उनीहरु मध्य बिष्णु बहादुर खत्रीले भिरेको कालो झोला भित्र गम्छामा बेरेको अवस्थामा बाघ (चितुवा) को मुख देखी पुच्छर सम्मको लम्बाई ६ फिट ४ ईन्च, छातीको भागको चौडाई २ फिट १ ईन्च भएको छाला फेला परेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाँतीले जानकारी दिए । पक्राउ परेको २ जना र छाला सहित थप अनसुन्धानको लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाईएको डीएसपी त्वाँतीले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ४७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय