७ श्रावण २०८३, बिहिबार | July 23, 2026

तपाईंको मास्क खै ?



काठमाडौं । उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले मास्क अभियान थालेको छ । ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड अनिवार्य पालना र घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न ‘तपाईंको मास्क खै रु लेखिएको रिबन प्रयोग गरी सचेतना सुरु गरेको हो ।

ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले मंगलबार न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीलाई रिवन लगाइ दिएर कार्यक्रम शुभारम्भ गरेका छन् । उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९ सय ट्राफिक प्रहरीले मंगलबार नै ड्यूटी समय अनिवार्य रिबन प्रयोगमा ल्याउन प्रारम्भ गरेका छन् ।

एसएसपी भट्टराईले अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता र आमसर्वसाधरणलाई मास्क अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने स्मरण गराउने र मास्क प्रयोग नगरेकालाई लगाउन प्रेरित गर्ने बताए । यसअघि, अनिवार्य मास्क प्रयोग गर्न÷गराउन ट्राफिक प्रहरीले प्लेकार्ड प्रदर्शन, सार्वजनिक स्थानमा मास्क वितरण, सार्वजनिक यातायातमा अनिवार्य मास्क प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दूरी कायम गर्न र सिट क्षमताभन्दा बढी यात्रु नचढाउन सचेत गर्नेलगायत कार्यक्रम गर्दै आएको छ ।

फेरि हर्न निषेध अभियान कोरोना संक्रमणपछिका दिन हर्न प्रयोगमा वृद्धि हुन थालेपछि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा फेरि हर्न निषेध अभियान थालेको छ । ट्राफिक प्रहरीले ‘नो हर्न’ अभियान थप प्रभावकारी र कडाई गर्न मंगलबारदेखि ‘हर्न निषेध’का लागि स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । सो स्टिकर चालकले देख्नेगरी अगाडिको सीसामा टाँसिएको महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख एसएसपी भट्टराईले ‘ नो हर्न’ अभियान थप कडाई गर्न मंगलबार उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकसाथ ५० हजार ‘नो हर्न’ स्टिकर टाँस गरी अभियान सुरु गरेको जानकारी दिए ।

जथाभावी हर्न प्रयोगले ध्वनी प्रदूषण बढ्ने र यसले मानव स्वास्थ्यमा समेत नकारात्मक असर गर्ने हुनाले अति आवश्यक नपरी हर्न प्रयोग नगर्न ट्राफिक प्रहरी महाशाखाले सम्पूर्ण सवारी चालकलाई अनुरोध गरेको छ । महाशाखाले १ वैशाख २०७४ देखि काठमाडौं उपत्यकामा हर्न निषेध अभियान सुरु गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : ५३ बजे

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार