२२ भदौ २०८३, सोमबार | September 7, 2026

जाँदाजाँदै पोखरेल सरकारको पत्रकार सम्मेलन : ४१ महिना २४ दिनमा अपूर्व उपलब्धी भएको दाबी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा आफु विरुद्ध अविश्वासको प्रस्ताव अघि बढेपछि त्यसअघि नै मुख्यमन्त्री पोखरेलले प्रदेशप्रमुखलाई राजीनामा बुझाएका हुन् । प्रदेशसभाको विशेष अधिवेशन अहिले १ बजे बस्दैथियो ।

मुख्यमन्त्री पोखरेल राजीनामा बुझाउन प्रदेशप्रमुखकोमा पुगेकै समयमा सरकारले पत्रकार सम्मेलन गरेर अहिलेसम्म गरेका कामबारे जानकारी गराएको छ ।

सबैतिरबाट संगठित घेरावन्दीका कारण सरकारको नेतृत्वबाट राजीनामा दिनुपरेको बताउँदै सरकारका प्रवक्ता वैजनाथ चौधरीले २०७४ फागुन ३ गते सरकार गठन भएपछि आजको दिन सम्म ४१ महिना २४ दिन सरकारमा काम गरेको जानकारी गराए ।

३ वर्ष ५ महिना २४ दिनका दिनसम्म सरकारको नेतृत्व गर्दा अन्य प्रदेशले लुम्बिनीको सिको गर्न बाध्य पार्ने गरी विकास र समृद्धि र संघीयता कार्यान्वयनको पक्षमा काम गरेको उनले दाबी गरे ।

चौधरीले ४१ महिनाको अवधिमा सरकारले जनताको पक्षमा र विकास निर्माणमा धेरै काम गरेको दाबी गरे। उनले पूँजिगत खर्च सबैभन्दा धेरै गर्ने सरकार लुम्बिनी सरकार भएको बताए ।

आज बिहान ८ बजे पोखरेल नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा एजेन्डामा निर्णय गरेको चौधरीले बताए ।

सरकारका प्रवक्ता वैजनाथ चौधरीले अविश्वासको प्रस्ताव अघि बढाउनु गैरसंवैधानिक भएको बताए । उनले सभामुखको भूमिका निस्पक्ष नभएको आरोप लगाए । सभामुखले अनौठो व्यवहार गरेको चौधरीले बताए ।

‘सभामुख भनेको सांसदहरुको अभिभावक हो, तर सभामुखले पार्टीभित्रको अन्तद्वन्द्वमा खेले’, चौधरीले भने, ‘सभामुख पुरै पार्टीको कार्यकर्ताको रुपमा देखिनुभयो । जसका कारणले दुई दुई पटक सर्वोच्चमा न्याय माग्न जानुपर्ने अवस्था आयो ।’

 

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : २६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा