२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्धारा पदभार ग्रहण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन । घिसिङले बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेर पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएर चार वर्षे नियुक्तिपत्र लिएका थिए । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति गरेको हो ।

अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि चर्चामा आएका थिए । उनको ४ वर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुननियुक्ति गरेको थिएन ।

उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : २६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले